कीवर्डहरू -

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा अब नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले यस्तो अफर ल्याएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको कुनैपनि शाखामा गएर खाता खोलेर यस योजनाको लाभ लिन सकिने छ । राष्ट्रिय वाणिज्य बैंकले देशभरका विभिन्न शाखा कार्यालयहरु मार्फत सेवा दिइरहेको छ ।

त्यसैगरी बैंकको ‘आरबीबी स्मार्ट’ मोबाइल एपबाट घरैमा बसेर सरल तरिकाले विद्युत, इन्स्योरेन्स, स्कुल फी, बैंकको किस्ता आदिको भुक्तानी सजिलै गर्न सकिन्छ ।