बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा रु १०० बोनसको रुपमा फिर्ता पाउने भएका छन् ।
ग्राहकहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्नासाथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने सक्ने छन्।
यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाईल बैंकिङ्गको प्रयोगकर्ताहरुले मात्र सहभागी हुन सक्ने छन् ।
ग्राहकहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेट मार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्ने छन् । साथै, बैंकका ग्राहक महानुभावहरुले वस्तु तथा सेवा खरिद पश्चात् सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्ने छन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक हरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।