कीवर्डहरू -

टेस्लाले स-सानो मर्मतको काम अब एक घण्टामै गर्ने, एपबाटै अपोइन्टमेन्ट लिन सकिने

टेस्लाले स-सानो मर्मतको काम अब एक घण्टामै गर्ने, एपबाटै अपोइन्टमेन्ट लिन सकिने

टेस्लाको सर्भिस सेन्टरले गाडी ठोक्किए पछि आएका समस्याहरुलाई एक घण्टामै समाधान गर्ने भएको छ । सीएनबीसीको रिपोर्ट अनुसार टेस्लाले ग्राहकहरुलाई यसको बारेमा मेसेज पनि पठाएको छ । मेसेजमा ‘कलिजन रिपेयर इज हेयर’ लेखिएको छ ।

सर्भिस सेन्टरले गाडीमा कोरिएको, स-सानो मर्मतको काम वा अरु केही समस्याहरुलाई ठिक गर्ने गर्दछ । यसले कम्पनीलाई नोक्सानी चाँडो भन्दा चाँडो ठिक गर्नका लागी पनि प्रोत्साहन गर्ने गर्दछ ।

यो भन्दा पहिले पनि टेस्लाले २४ घण्टा भित्रमा मर्मतको सुविधा दिने गर्दथ्यो तर इलन मस्कले पहिले देखि नै १ घण्टामा मर्मत सेवा या त्यही दिनमा मर्मत सेवा दिन चाहन्थे र यो अहिले सम्भव भएको छ  ।

यो तुरुन्तै मर्मत सेवाले कम्पनीको राजस्व बढाउनका लागी अझै सहयोग गर्न सक्छ । टेस्लाले मर्मतको क्रममा सस्पेनसन र एक्सलमा भएको समस्या, फ्रन्ट र रीयर बम्पर्स, हुड, लिफ्टगेट, साइड मिरर कयाप, ढोका, चक्का र सिसाको विशेषगरी मर्मत गर्ने गर्दछ ।

यसलाई टेस्ला एपको माध्यमबाट ‘कोलिजन एण्ड ग्लास रिपेयर’ छानेर अपोइन्टमेन्ट लिन सकिन्छ । कम्पनीले ग्राहकसँगको सबै क्रियाकलाप फोन कल भन्दा एप कै माध्यमबाट सञ्चालन गर्न खोजिरहेको छ ।