कीवर्डहरू -

आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर गूगलले  तिर्ने

आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर गूगलले  तिर्ने

गूगलले आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर तिर्ने भएको छ । यो एक ट्रिलियन डलर कम्पनीका लागी कुनै ठूलो कुरा होइन् । यो आरोप यूएस डिर्पाटमेनट अफ लेभरले लगाएको थियो ।

गूगलले महिला कर्मचारीहरुलाई कम तलब दिएर काम गराइरहेको बताइएको छ । यो कुरा कम्पनीको नियमित अनुपालन अडिट गर्दा केही वर्ष अघि थाहा भएको थियो ।

सन् २०१४ देखि २०१७ साल सम्ममा माउन्टेन भ्यू र वासिङटनको आफिसमा महिला सफ्टवेयर इन्जिनियरहरुलाई कम तलब दिएको पाइएको थियो ।

त्यस्तै गूगलको सान फ्रान्सीस्को, सनीभेल र कर्कल्याण्ड लोकेसनमा महिला तथा एसियाली सफ्टव्येर इन्जिनियर आवेदकहरुलाई अरुको तुलनामा काम एकदमै कम दरमा दिइएको थियो ।

गूगलले १.३५ मिलियन डलर सम्पूर्ण पैसा र ब्याज जोडेर ती २,५६५ जना महिला सफ्टवेयर इन्जिनियरहरुलाई पनि दिनेछ जसमा एकजनालाई करिब ५२८ डलर जति पर्नेछ । त्यस्तै १,७५७ जना महिला तथा एसियाली सफ्टवेयर इन्जिनियर आवेदकहरुलाई १.२३ मिलियन डलर तिर्नेछ ।