कीवर्डहरू -

एपीएफद्वारा भन्सार छलीका १० थान मोबाइल सेट बरामद

एपीएफद्वारा भन्सार छलीका १० थान मोबाइल सेट बरामद

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-११ भुजौलीबाट आइतबार एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको भन्सार छली ल्याइएका १० थान मोबाइल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको एपीएफले जनाएको छ ।