कीवर्डहरू -

अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

आज देखि ट्राफिक नियम उल्लङ्घन गरेमा अनलाइनबाटै जरिवाना तिर्न सकिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले अनलाइनबाटै जरिवाना तिर्न सकिने प्रणालीको बुधबार औपचारिक सुरुवात गर्दैछ ।

यसले सवारी चालकको समय बच्नुको साथै क्याशलेस समाजलाई पनि प्रवद्र्धन गर्ने छ ।

महानगरीय ट्राफिक महाशाखाको अनुसार सवारी चालकलाई सहज होस भनी अनलाइनबाटै जरिवाना रकम तिर्न सकिने प्रणालीको सुरु हुँदैछ ।

यसअघि ट्राफिक नियम उल्लङ्घन गरेमा बैैंकमा लामो समय लाइन बसेर मात्रै जरिवाना तिर्न सकिने व्यवस्था रहेको थियो ।