कीवर्डहरू -

अमेजनको सीइओ पद त्याग्दै जेफ बेजोस

अमेजनको सीइओ पद त्याग्दै जेफ बेजोस

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले यो वर्ष देखि प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पद त्याग्ने घोषणा गरेका छन् ।

उनले अब देखि अमेजन बोर्डको कार्यकारी अध्यक्षको रुपमा काम गर्ने छन् । प्रमुख कार्यकारी अधिकृतको स्थानमा एन्डी ज्यासी रहनेछन् ।

ज्यासी अप्रिल २०१६ देखि अमेजन वेब सर्भिसका प्रमुख कार्यकारी अधिकृत थिए ।कार्यकारी अधिकृतको रुपमा बेजोसले आफ्नै नयाँ प्रोडक्ट र प्रारम्भिक पहलमा ध्यान दिने बताएका छन् ।

कम्पनीमा एन्डी एकदमै प्रख्यात रहेको र अमेजनको सुरु बेला देखि साथमा रहेकाले उनले यो पदका लागी एकदमै सक्षम रहको बेजोसले जनाएका छन् ।

उनले डे वान फण्डको प्रोजेक्टमा विशेष ध्यान पु¥याउने देखिएको छ । उनले आफू रिटायर भने हुन नलागेको बताएका छन् ।

अमेजन वेब सर्भिसले कम्पनीलाई सन् २०२० मा अमेजनको २१.३ बिलियन डलर आयमा १३.५ बिलयिन डलरको फाइदा दिएको थियो ।