कीवर्डहरू -

ह्वावेद्वारा उद्योगको डिजिटल रूपान्तरण गर्न पाँच प्रमुख चरणको प्रस्ताव

ह्वावेद्वारा उद्योगको डिजिटल रूपान्तरण गर्न पाँच प्रमुख चरणको प्रस्ताव

ह्वावेले आफ्नो ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० जारी गरेको छ । जुन यस कम्पनीले प्रकाशित गरेको सातौं वार्षिक जीसीआई रिपोर्ट हो ।

जीसीआई रिपोर्टमा पहिलो पटक २०२० को उद्योग डिजिटल रूपान्तरणको पाँच मुख्य चरणहरु कार्य दक्षता, कार्यात्मक दक्षता, प्रणाली दक्षता, संगठनात्मक दक्षता र चपलता र इकोसिस्टम दक्षता र लचिलोपना प्रस्ताव भएको छ ।

जीसीआई २०२० को एक प्रमुख खोज भनेको उद्योगहरूको डिजिटल रूपान्तरणले देशहरूलाई उत्पादकत्व बढाउने, आर्थिक सुधारलाई प्रोत्साहित गर्ने र भविष्यमा प्रतिस्पर्धात्मकता विकास गर्न मद्दत पुर्याउने रहेको छ ।

जीसीआई अनुसन्धानले सुझाव दिएको छ कि ती अर्थव्यवस्थाहरु जसले उत्पादकत्व बढाउन सक्छ र डिजिटलमा जान इन्टेलिजेन्ट कनेक्टिभिटीको साथ लिन्छ, सामान्यतया प्रति श्रमिक वा प्रति घण्टा काम गरेकोमा उच्च ग्रोस भ्यालु एडेड प्राप्त गर्दछ ।

स्टार्टरहरूले सक्रियताका साथ अग्रणी अर्थव्यवस्थासँग अन्तर कम गर्दै छन्

यो रिपोर्टले २०१५ देखि प्रत्येक देशको जीसीआईमा आएको परिवर्तनको विश्लेषण गरेको छ । फ्रन्टरनर, एडोप्टर र स्टार्टर अर्थव्यवस्थाको औसत स्कोरहरू सबै २०१५ पछि वृद्धि भएको छ, स्टार्टर्स पछि एडोप्टर्स र फ्रन्टरनरले उच्चतम यौगिक वार्षिक वृद्धि दर (सीएजीआर) देखाउँदै छ ।

यसले स्टार्टर्सले एडोप्टर र फ्रन्टरनरहरूलाई पछ्याइरहेको र डिजिटल अन्तरहरू घटाउँदै गइरहेको देखाउँदछ ।

२०२० को रिपोर्टले यो पनि देखायो कि स्टार्टर्सले ब्रोडब्यान्ड कभरेजमा उल्लेखनीय प्रगति गरेको छ । उनीहरूको औसत मोबाइल ब्रोडब्यान्ड प्रवेश २.५ गुणाले बढेको छ, उनीहरूको द्धन् सदस्यता १५ बाट १९५ मा पुगेको छ र उनीहरूको मोबाइल ब्रोडब्यान्ड २५५ बढी सस्तो भएको छ ।

यी उपलब्धिहरूले राम्रो व्यापक डिजिटल सेवाहरू प्रदान गर्न र आर्थिक विकासमा नयाँ अवसरहरू अँगाल्न स्टार्टर्सहरुलाई सक्षम बनाएको छ । थप रूपमा, उनीहरूको ई–कमर्स खर्च २०१४ देखि लगभग प्रति व्यक्ति २,००० अमेरिकी डलर हुने गरी दोब्बर भएको छ ।

केही स्टार्टर्स जीसीआई क्लस्टरमा माथि गइरहेका थिए, आफ्नो जीसीआई स्कोरलाई १७५ सम्म बढाए र न्म्ए लाई एक स्तरमा उठाउनको सम्भब गराए जुन केही समकक्षीहरू भन्दा २२५ बढी थियो । भियतनाम र पेरू दुबै २०२० मा एडोप्टर अर्थव्यवस्था बनेका छन् ।

फ्रन्ट्रुनर देशहरूका संगठनहरू आईटी खर्च नियन्त्रण गर्न चाहन्छन्

अनुसन्धानले देखाउँदछ कि आईटीमा लगानी गर्न कम्पनीहरूको इच्छुकता उनीहरू कहाँ आधारित छ भन्ने कुरामा निर्भर गर्दछ । फ्रन्टरनर र एडोप्टर राष्ट्रहरूमा रहेका संगठनहरू गैर बजेटको सट्टा आईटी बजेट कायम राख्न प्राथमिकता दिइरहेका छन् । उनीहरूले आईटी बजेटहरू पनि अन्य देशका संगठनहरूको तुलनामा औसत २.५ देखि ३.५ गुणाले घटाएका छन् ।

अधिक परिपक्व डिजिटल पूर्वाधार भएका राष्ट्रहरू महामारीको आर्थिक प्रभावलाई कम गर्न्, छिटो रिकभर हुन र उनीहरूको उच्च–अर्डरको उत्पादकता मोडेलमा रूपान्तरणको निरन्तरता सुनिश्चित गर्न राम्रो स्थितिमा छन् ।

आर्थिक क्षेत्रको डिजिटल रूपान्तरणले अर्थव्यवस्थालाई ‘उच्च–अर्डर’ उत्पादकत्वको विकास गर्न मद्दत पुर्याउँछ, जसले आर्थिक सुधार र भविष्यको प्रतिस्पर्धात्मकतालाई हौसला प्रदान गर्दछ ।

देशहरूले गुणक प्रभाव उत्पादन गर्न विद्यमान एन्डोमेन्टहरूको अनुपम सेटमा आधारित रहेर आईसीटी लगानी गर्न आवश्यक छ । सामान्यतया, अर्थव्यवस्था बिभिन्न क्षेत्रको संयोजनबाट बनेको हुन्छ जसमा एक वा दुई क्षेत्र हावी हुन खोजिरहेको हुन्छ ।

जीसीआई २०२० को रिपोर्टको सुझाव अनुसार एउटा देशको आईसीटी रणनीति यसको सञ्चित क्षेत्रगत शक्तिहरूको वरपर बनिएको हुनुपर्दछ । उद्योग जस्तोसुकै भएतापनि अधिक डिजिटलाइजेसनको अर्थ अधिक थप भ्यालु हो ।

जीसीआई रिपोर्टमा पहिलो पटक २०२०को घोषणाले आर्थिक क्षेत्रको डिजिटल रूपान्तरणको लागि पाँच मुख्य चरणहरु को प्रस्ताव गरेको छः

चरण १ः कार्य दक्षता । आधारभूत कनेक्टिभिटि र अधिक कुशल संचारको मार्फत व्यक्तिगत कार्यहरूको पूर्णता ट्राकिंगमा ध्यान केन्द्रित गरेको छ ।

चरण २ः कार्यात्मक दक्षता । आईसिटी संचालित कम्प्यूटराइज्ड वा अटोमेटेड कार्यहरूले बहु कार्यहरू एकै साथ ह्यान्डल गर्न र जानकारी अधिक कुशलतापूर्वक सेयर गर्न सम्भव बनाउने ।

चरण ३ः प्रणाली दक्षता । कोर प्रणालीको कार्यको डिजिटलीकरणमा अधिक ध्यान केन्द्रित गरेको छ । यस चरणमा उद्यमहरूको कनेक्टिभिटी र क्लाउड सेवाहरूको लागि कडा माग हुनेछ ।

चरण ४ः संगठनात्मक दक्षता र चपलता । उद्यम प्रक्रियाहरू डिजीटलाइज्ड छन्, उद्यम अनुप्रयोगहरू क्लाउडमा सारिएका छन् र सबै प्रणालीहरू प्रभावकारी रूपमा एकीकृत गरेको छ । थप रूपमा, उच्च कभरेज नेटवर्कहरू, व्यापक क्लाउड–आधारित अनुप्रयोगहरूको प्रयोग र एआई र आईओटी प्रयोगले रियल–टाइम डाटा विश्लेषण र अन्तरदृष्टि प्रदान गर्छ ।

चरण ५ः इकोसिस्टम दक्षता र लचिलोपना । सम्पूर्ण इकोसिस्टम डिजिटल, बजार परिवर्तनलाई द्रुत प्रतिक्रिया दिन सक्षम र स्वचालित समन्वय र सरोकारवालाहरूको क्रस–सेक्टर सहयोगलाई समर्थन गर्न सक्छ ।

प्रतिनिधि प्रविधिहरू जस्तै फाइभजी, आईओटी र रोबोटिक्सले नयाँ व्यापार मोडल, कार्य विधि र उत्पादनहरूको डिजिटाइजेसन प्रक्रियाको विस्तारका लागि नयाँ अवसरहरू प्रस्तुत गर्छ ।

‘आईसीटीले उद्योगहरु भरिए संगै डिजिटल रूपान्तरण देशहरू र उद्योगहरूबीच सबर्सम्मत भएको छ,’ ह्वावेको आईसीटी इन्फ्रास्ट्रक्चरका चीफ मार्केटिङ अफिसर झाङ होङ्सीले भने, ‘पहिलो पटक हामीले हाम्रो अनुसन्धानको परिप्रेक्ष देशहरूको आयामबाट उद्योगहरूमा विस्तार गरेका छौं ।

हामीले देश र उद्यमीहरूका लागि भविष्यमुखी आर्थिक रीजीलेन्स बनाउन विभिन्न चरणमा डिजिटल रूपान्तरण मार्गहरू पनि सुझाव दिएका छौं ।’

जीसीआई रिपोर्टले नीतिनिर्माता र आर्थिक सरोकारवालाहरुलाई मूल्यवान अन्तर्दृष्टि प्रदान गर्ने लक्ष्य राख्दछ जुन डिजिटल अर्थव्यवस्था बृद्धि गर्न मद्दत गर्दछ ।

जीसीआई २०२० द्वारा मूल्यांकन गरिएको ७९ राष्ट्रहरुले विश्वको कुल जीडीपीको ९५ प्रतिशत र विश्वव्यापी जनसंख्याको ८४ प्रतिशत प्रतिनिधित्व गर्दछ ।