कीवर्डहरू -

एनएमबिको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा

एनएमबिको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ ।

बैंकले यात्रु तथा कर्मचारीहरुलाई सुविधा पुर्‍याउने उद्देश्यले १३६ औं एटीएम सञ्चालनमा ल्याएको हो । बैंकले यसअघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।