कीवर्डहरू -

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा, अब क्यूआर स्क्यान गरेरै पैसा तिर्न सकिने 

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा, अब क्यूआर स्क्यान गरेरै पैसा तिर्न सकिने 

अब बस चढ्दा पैसा बोक्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ ।

काठमाडौं उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेससँग बैंकले सझौता गरी क्यूआर कोडमार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरेको हो ।

नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले अब बसमा भएको मुक्तिनाथ बैंकको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् ।

यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाइने, नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्न पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

क्यूआर सेवाको सुरुवात बैंकका सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ्ग, बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहक वर्गहरुको उपस्थिती रहेको थियो ।