कीवर्डहरू -

फाइभजीः गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने सक्ने

फाइभजीः गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने सक्ने

साईबरपंक २०७७ सार्वजनिक भएकाले हामीलाई आउने भविष्यको झलक प्रस्तुत गरेको छ । तर, गेमिङमा क्रान्तिकारी परिवर्तन आउने समय टाढा नभएको कुरापनि फाइभजीले संकेत गरिरहेको छ ।

फाइभजी(ईन्हेन्स्ड क्लाउड गेमिङले नयाँ गेमिङ कन्सोल्स वा हाई(एण्ड ग्राफिक्स कार्ड्स किन्नुपर्ने झन्झटबाट मुक्ति दिनुका साथै, सहजै ईन्टरनेटमा कनेक्टेड भई जहाँसुकै जुनसुकै समयमा गेमिङको मज्जा लिन सक्ने सुविधा उपलब्ध गराउने छ ।

फाइभजी र क्लाउड गेमिङ

\"\"
के हो त क्लाउड गेमिङ? क्लाउड गेमिङले क्लाउडको उर्जा मार्फत गेम सिन ल्याएर हाम्रा उपकरणमा सहजै स्ट्रिम गर्न दिन्छ ।

यसले गर्दा विभिन्न गेमिङ प्ल्याटफर्मको छनौट गर्ने तथा महंगा कन्सोल्स किन्ने समस्या पनि भोग्नु पर्दैन र अल्झिने तारहरुको झन्झट तथा गेम डाउनलोड वा अपडेट हुँदा कुर्नुपर्ने समय लगायतका विभिन्न समस्याहरुबाट समेत छुटकारा पाइन्छ ।

लो लेटेन्सी फाइभजीले क्लाउड गेमिङमा तिब्रता प्रदान गर्छर सुरक्षा पनि दिन्छ । लो लेटेन्सी नै त्यो प्रमुख फिचर हो, जसले फाइभजीलाई पछिल्ला पुस्ताका सेल्यूलर नेटवर्क भन्दा सबल तुल्याउँछ ।

तर, लो लेटेन्सी र उच्च गति एउटै भने होइन । लो लेटेन्सीको अर्थ अनुरोध र प्रतिक्रिया बिचमा लाग्ने न्यूनतम समय हो ।

अधिकांश अत्याधुनिक गेममा हल्का ल्यागले पनि भर्चुअल जीवन र मृत्युको अवस्था र्सिजना गर्छ । भाग्यवश, फाइभजीले लेटेन्सीलाई १० एमएस सम्म घटाउने क्षमता राख्छ ।

अहिले यस क्षेत्रमा देखा परिरहेका नवप्रबर्तनको गति नियाल्दा भविष्यमा लेटेन्सी १ एमएस सम्म नझर्ला भन्दा दूई मत हुने छैन् ।

फाइभजीको साथमा गेमिङ गर्दा प्रतिक्रियाका लागि लाग्ने समयमा आउने न्यूनिकरण भए मात्रै आफ्नै साथीहरु सँगैबसेर खेलेको जस्तो लाग्छ र गेमिङको पूर्ण मज्जा आउँछ ।

अल्ट्रा स्मूथ गेमप्ले र लोकल गेमिङ कन्सोलमा भर्चुअल तरीकाले खासै फरक हुदैन् ।

एमडब्ल्यूसी २०१९मा सहभागीले ओप्पोको पहिलो फाइभजी फोन रेनो फाइभजीमा फाइभजी क्लाउड गेमिङको अनुभव लिने अवसर पाएका थिए ।

हतियारमा आधारित कम्ब्याट गेम सोलक्यालिबर ६ स्ट्राइक्स र काउण्टरएट्याक बिना रुकावट तथा ढिलाई मज्जाले चलेको थियो ।

साथीहरुका साथमा फाइभजी(सपोर्टेड गेमिङको मज्जा

\"\"
यो क्लाउड गेमिङका लागी मात्रै भने होइन । ठूला हाइ(रिसोल्यूशन स्क्रिनदेखि स्मार्टफोन गेम्स, खेल्नाका लागि हामी सबैजना ईन्टरनेटमा भर पर्छौँ ।

गेमिङको उत्कृष्ट पक्ष भन्नुनै संसारको जुनसुकै कुनामा भएर पनि एकै साथ खेल्न दिने अवसर हो । हामी संसारको जुनसुकै कुनामा भएतापनि हामी आफ्नो भर्चुअल संसारसेयर गरिरहेका हुन्छौँ ।

फाइभजीको कुरा गर्दा उच्च ब्याण्डविथ र लो(लेटेन्सीका साथै यसले अल्झिने तारको झन्झटबाट छुटकारा दिन्छ ।

ओप्पो स्मार्टफोन, ट्याब्लेट वा अन्य उपकरणको प्रयोग गरी प्रयोगकर्ताले सिधै आफ्ना साथीहरु संग गेमिङमा जोडिन सक्छन् ।

एआर/भीआरका साथमा नवप्रबर्तनात्मक गेमिङ अनुभव
एआर र भीआर पनि गेमिङ अनुभवका भूल्नै नसकिने पाटा हुन् । क्लाउड गेमिङमा झैँ एआर/भीआरका लागि आवश्यक सबै गणना क्लाउडमै गर्न सकिन्छ ।

त्योपनि गेमप्लेकै दौरान डेटा ट्रान्समिशनका साथमा बृहत्तर गेम्स, हाइपर रियालिस्टिक सिन्स र अन्तरक्रियात्मक कन्टेन्ट लगायतले डाटा ट्रान्समिशन, ईन्टरनेटको गति न्यून विलम्बताको आवश्यकता लगायत चुनौती थपेको छ ।

विद्यमान डिजिटल पुर्वाधारले यी चुनौति झेल्न सक्ने अवस्था भने छैन । यी चुनौतिको समाधानका रुपमा फाइभजी वाइडब्याण्ड र लो लेटेन्सी हाम्रा सामुन्ने छन् ।

ओप्पो ईन्नो डे २०२०मा एआर ग्लास २०२१ सार्वजनिक गरिँदा उपस्थितले एमओबीए(स्टाइल गेम र टावर डिफेन्स गेम मार्फत अगुमेन्टेड रियालिटीको अनुभव गरेका थिए ।

फाइभजी कनेक्टीभिटीका साथमा भर्चुअल कारणले रियालिटी गेमहरु अझ रचनात्मक र विविधतापूर्ण हुनेछन् ।
ल्यागिङ जमानाको अन्त्यः
न्यून बिलम्बताको फाइदा गेमिङमा मात्र नभइ अन्य क्षेत्रमा पनि उत्तिकै छ । त्यस्कै एक महत्वपूर्ण क्षेत्र हो औषधी ।

उदाहरणका लागि फाइभजी सञ्जालको प्रयोग गर्दै डक्टरहरुले सटिकरुपमा टेलि(अपरेटेड  रोबोटिक सर्जरी गर्न सक्छन् ।

फाइभजीले उपलब्ध गराउने न्यून बिलम्ब सुविधा मार्फत अपरेटिङ कक्षाका तस्विर तथा डाटा बिना कुनै ढिलाई ट्रान्समिसन गर्न सकिन्छ ।

यसले गर्दा सर्जरी सटिक भरपर्दो र थप सुरक्षित बनाउन सहयोग मिल्छ । विश्वभर यस प्रविधिको सहयोग मार्फत सफलरुपमा सर्जरीहरु सफलताका साथ सम्पन्न पनि भइसकेका छन् ।

यस प्रविधिको व्यापक प्रयोगले विकट क्षेत्रहरुमा उच्च गुणस्तरिय मेडिकल स्रोत पु¥याउन सघाव मिल्छ ।
यसको अर्को प्रयोग स्वचालित कारहरुमा पनि देख्न सकिनेछ । अहिले सम्म ल्यागिङ र कमजोर प्रतिक्रिया समयका कारण अवधारणाका रुपमा सिमित रहेको यसलाई पनि फाइभजीले चाँडै नै सार्थकता प्रदान गर्ने सम्भावना प्रबल छ ।
फाइभजी लो लेटेन्सीले चलचित्रहरुमा देखिने फ्युचरिस्टिक सपना झैँ लाग्ने अधिकांश सोचहरुलाई वास्तविकतामा बदल्न सघाउने छ ।

लो लेटेन्सीका फाइदाहरु गेमिङ, रिमोट सर्जरी वा स्वचालित सवारीहरुमा मात्र सिमित छैनन् ।

\"\"

ओप्पोका फाइभजी उपकरणहरुले समग्र नयाँ अनुभवहरु तपाईँकै औँलामा उपलब्ध गराउँदै फाइभजी ईन्टरनेट अफ एक्स्पेरियन्सको जमानामा रोमाञ्चक र आरामदायिताको अनुभव प्रदान गर्नेछन् ।