कीवर्डहरू -

नेपाल टेलिकमले १७ औं वार्षिकोत्सव मनाउँदैं, यस्तो छ कम्पनीको इतिहास

नेपाल टेलिकमले १७ औं वार्षिकोत्सव मनाउँदैं, यस्तो छ कम्पनीको इतिहास

नेपाल टेलिकमले आज १७ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

नेपाल टेलिकमले हाल फाइबर टु दी होम (एफटिटिएच), जीएसएम मोबाइल सेवा, सीडिएमए मोबाइल सेवा, ल्याण्डलाइन, वाईम्याक्स लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ ।

यसरी शुरु भयो नेपाल टेलिकम

नेपालमा पहिलोपटक टेलिकम्युनिकेशन सेवा वि.सं. १९७३ मा सुरु गरिएको थियो । तर औपचारिक रूपमा टेलिकम सेवा भने वि.सं २००५ मा मोहन एकाश्वानीको स्थापना पछि प्रदान गरिएको थियो ।

त्यसपछि पहिलो राष्ट्रिय पञ्चवर्षीय योजना (२०१२-२०१७) मा बनेको योजना अनुसार वि.सं. २०१६ मा दूरसञ्चार विभाग स्थापना भयो । तर दूरसञ्चार सेवालाई आधुनिकीकरण गर्न र सेवाहरूको विस्तार गर्न तेस्रो पञ्चवर्षीय योजना (२०२३-२०२८) को अवधिमा दूरसञ्चार विभागलाई वि.सं. २०२६ मा दूरसञ्चार विकास बोर्डमा रूपान्तरण गरियो ।

त्यसपछि सञ्चार निगम ऐन २०२८ लागू भएपछि दूरसञ्चार सेवाहरू प्रदान गर्ने उद्देश्यका लागि वि.सं. २०३२ सालमा यसलाई नेपाल दूरसञ्चार संस्थान भनिने गरी पूर्ण सरकारी स्वामित्वको संस्थानको रूपमा औपचारिक रुपमा स्थापना भएको थियो ।

नेपाल दूरसञ्चार संस्थान बिं.स. २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रुपमा दर्ता भएको थियो । पछि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल दरसञ्चार कम्पनी लिमिटेड कम्पनी ऐन २०५३ अन्तर्गत दर्ता गरिएको कम्पनी हो।

नेपाल टेलिकमले हाल देशका ७७ वटै जिल्लामा फोरजी सेवा उपलब्ध गराइरहेको छ । साथै टेलिकमले एनटी टिभी ब्राण्डमा आईपीटिभी समेत सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवाको समेत थालनी गरेको छ । नेपाल टेलिकम सरकारलाई धेरै कर तिर्ने कम्पनीमा समेत पर्छ ।