कीवर्डहरू -

टेलिकमले शुरू गर्‍यो फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा, सस्तो दरमा डेटा चलाउन सकिने

टेलिकमले शुरू गर्‍यो फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा, सस्तो दरमा डेटा चलाउन सकिने

नेपाल टेलिकमले आज आफ्नो १७ औं वार्षिकोत्सव मनाई रहेको छ । आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा शुरु गरेको छ ।

नेपाल टेलिकमले एफटीटीएच, तारवाल फोन नपुगेको र वाईफाई सेवा उपलब्ध नभएको ठाउँमा फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्ने छन् ।
सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी होम ब्रोडब्याड सेवाबाट इन्टरनेट प्रयोग गर्न सकिनेछ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार यो सेवा देशभर नै उपलब्ध हुनेछ ।

फोरजी वायलरलेस होम ब्रोडब्याण्ड सेवाका लागि प्रति महिना ९ सय रुपैयाँमा ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी डेटा पाइने छ । त्यस्तै वार्षिक ९ हजार ६०० रुपैयाँमा ७२० जीबी र १६ हजार रुपैयाँमा १४४० जीबी डेटा प्रयोग गर्न सकिने छ ।