कीवर्डहरू -

टेलिकमले शुरू गर्‍यो मेसिन टु मेसिन डेटा र एसएमएस प्याक सेवा

टेलिकमले शुरू गर्‍यो मेसिन टु मेसिन डेटा र एसएमएस प्याक सेवा

नेपाल टेलिकमले आज आफ्नो १७ औं वार्षिकोत्सव मनाई रहेको छ । आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले मेसिन टु मेसिन डेटा र एसएमएस प्याक सेवाको शुरूवात गरेको छ ।

मेसिन टु मेसिन डेटा र एसएमएस प्याक सेवा मार्फत व्यावसायिक उपकरणहरु बीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लोकेसन अपडेट गर्ने, लजिस्टिक म्यानेजमेन्ट गर्ने लगायतका काम गर्न सकिने छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारिका अनुसार यो सेवा विश्वव्यापी रुपमै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले आजैबाट शुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुनेछ ।