कीवर्डहरू -

स्न्यापड्रयाग्न प्रोसेसर सहित रियलमी सी १५ स्मार्टफोन नेपालमा

स्न्यापड्रयाग्न प्रोसेसर सहित रियलमी सी १५ स्मार्टफोन नेपालमा

रियलमीले क्वालकम संस्करणको सी १५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अल्ट्रालग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझैं मजबुत बनाएको छ ।

आकर्षक जियोमेट्रेटिक डिजाइनका साथ फोनमा ८ कोरको स्न्यापड्रागन प्रोसेसर प्रयोग गरिएको छ । यस मोबाइलमा उच्चतम स्क्रिन र बडीको अनुपात मिलेको ६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, चारवटा लेन्ससहितको क्यामेराका साथ थप आकर्षक बनाइएको यो मोबाइल फोन विषेशगरी युवाहरुलाई लक्षित गरि डिजाइन गरिएको छ ।

रियलमी विश्वभरका ५० करोड स्मार्टफोन प्रयोगकर्ताको सूचिमा ७ औं स्थानमा पर्दछ । यो वर्तमान समयमा एकदमै चाँडो बजारमा आफ्नो शानदार हस्तक्षेप जनाएको मोबाइल फोन ब्राण्ड हो । यसले आफ्ना प्रयोगकर्ताको चाहनाअनुसार आफ्ना नयाँ संस्करणका मोबाइल फोनहरुको डिजाइन गर्दै गएको छ, जसकारण पनि ग्राहकहरु रियलमीका मोबाइल फोनप्रति आकर्षित छन् ।

सी सिरिजको मोबाइल फोनमा विश्वभरबाट राम्रो प्रतिक्रिया पाइराखेकाले कम्पनीले यस सिरिजलाई विशेष प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई वृद्धि गरिरहेको छ । उच्च पर्फमेन्स, एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री, डिजाइन लगायतका कारण यो मोबाइल फोन स्मार्टफोन प्रयोगकर्ताका लागि एकदमै राम्रो विकल्प भएको दाबी कम्पनीको छ ।

द्रुत तथा शक्तिशाली क्वालकम ४६० स्न्यापड्रागन

कम्पनीले सी १५ मोबाइल फोनलाई ४६० एसओसीको क्वेलकम स्न्यापड्रागन प्रोसेसरले द्रुत र शक्तिशाली बनाएको छ । ८ कोरको उक्त प्रोसेसरले १.८ गिगाहर्जसम्म दैनिक प्रयोग हुने एप अपरेशनभन्दा बाहिर पनि सधै काम गरिरहेको हुन्छ ।

कम पावरमा मोबाइलले ११ प्रोसेर टेक्नोलोजीमा काम गरिरहेको हुने भएकाले मोबाइलमा ह्याङ्ग हुने समस्या रहँदैन भने यसले मोबाइलको पर्फमेन्स पनि राम्रो बनाएको छ ।

मोबाइलको ग्राफिक प्रोसेसिङ युनिट(जीपीयु) निकै आकर्षक रहेको छ । क्वेलकम एड्रेनो ६१० जीपीयुले ग्राफिक प्रक्रियालाई अघिल्लो संस्करणको मोबाइल फोनको भन्दा वृद्धि गरेको छ ।

यसका प्रयोगकर्ताले यस सिरिजको मोबाइल फोनमा पहिलोपटक आकर्षक क्यामेरा पफर्ममेन्स, राम्रो र सटिक लोकेसन ट्र्याकिङ, राम्रो कनेक्टिभिटीको पनि अनुभूति गर्न पाउनेछन् ।

६ हजार एमएएचसहितको टिकाउ ब्याट्री

मोबाइल फोनमा सबैभन्दा महत्वपूर्ण रहने ब्याट्रीको पर्फमेन्सलाई नजीकबाट बुझेर कम्पनीले ब्याट्रीलाई बढि टिकायु बनाउने प्रयास गरेको छ । कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटमा तीब्र र पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री राखेको छ ।

एकपटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिनेछ, सामान्यतया एकपटकको चार्जले ४८ दिनसम्म मोबाइल फोन चल्ने दाबी कम्पनीको छ । यसमा सुपर पावर सेभिङ मोड पनि राखिएको छ ।

६.५ इन्चको मिनी ड्रप एआई क्विड क्यामेरा

कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडियो एकदमै हेर्न उत्कृष्ट तथा मनमोहक छ ।

यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ ।

यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ ।

यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमा फोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ ।

यस लगायत मोबाइलमा विभिन्न फिचर्सहरु प्रदान गरिएको छ । नीलो र सिल्भर कलर दुई विकल्पमा उपलब्ध यो मोबाइलको डिजाइनका क्रममा नीलो समुद्र तथा माथि उडिरहेको समुन्द्रि चरा जस्तो देखाउन खोजिएको छ ।

चारवटा कर्नर बलियो गरी बनाइएको छ जसले स्क्रिन ड्यामेज हुनबाट धेरै हदसम्म बचाउँछ । स्मार्टफोन कम्पनीहरुले स्मार्टफोनलाई फरक देखाउने त्यति धेरै प्रयासहरु नगर्ने भएपनि रियलमीले डिजाइनमा निकै मिहिनत गरेको छ । जसकारण इन्ट्री लेभलको यस फोनको डिजाइन पनि अत्याधिक आकर्षक देखिन्छ ।

कम्पनीले यस फोनको खरीदमा ३६५ दिनको वारेन्टी समेत दिएको छ । नेपालमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज भएको यस मोबाइल फोनको मूल्य  १९ हजार ९९० रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि सी १२ फोन १६ हजार ९९० र सी ११ फोन १४ हजार ४९० रुपैयाँमा बिक्री गरिरहेको छ ।

रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीलेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्रान्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ ।