कीवर्डहरू -

डिशहोमको फाइबर नेट जडान गर्दा सिम टिभीको मासिक शुल्क नि:शुल्क

डिशहोमको फाइबर नेट जडान गर्दा सिम टिभीको मासिक शुल्क नि:शुल्क

डिशहोमको फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सञ्चालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क नि:शुल्क हुनेछ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउदै आएको छ।

डिशहोम फाइबरनेट वार्षिक भुक्तानी गर्दा ड्रप वाएर समेत  नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। भैसेपाटी, नख्खु, कपन, बौंद्ध, पेप्सीकोला लगायतका ठाउँमा सञ्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ ।

बिगत लामो समय देखी केबल टिभीको प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवर्क प्रालिले अहिले पछिल्लो समयमा ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रविधिबाट एउटा फाइबर वाएरबाट ईन्टरनेट र टिभी चल्ने छ ।