कीवर्डहरू -

म्यानम्यारमा अस्थायी रुपमा फेसबुक बन्द

म्यानम्यारमा अस्थायी रुपमा फेसबुक बन्द

म्यानम्यारका स्थानीय दूरसञ्चार अपरेटरहरुले केही दिनका लागी फेसबुकलाई म्यानमारमा बन्द गरिदिएका छन् । म्यानम्यारको सैन्य सरकारको आदेशमा फेसबुकलाई बन्द गरिएको हो ।

टेकक्रन्चको रिपोर्ट अनुसार एमपीटी म्यानमारको सबैभन्दा ठूलो दूरसञ्चार अपरेटरको माध्यमले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, हवाटसएप बन्द गरिएकाे हाे ।

फेसबुकले देशमा अराजक्ता फैलाइरहेको सरकारको दावी छ । देशको ५० मिलियन जनसङ्ख्यामा २७ मिलियनले फेसबुक चलाउने गर्दछन् । यो बन्द भने फेब्रुअरी ७ को मभ्ध्यरात सम्म रहने घोषणा गरिएको छ ।

फेसबुकले पनि हालैमा म्यावाडी टिभी स्टेसनको फेसबुक पेजलाई सेनाको नराम्रो व्यवहारलाई राम्रो बनाएर देखाइरहेकाले डिलिट गरेको थियो । यसले हिंसालाई प्रोत्साहन गरिरहेको फेसबुकको भनाइ थियो ।