कीवर्डहरू -

बाइटडान्सले हाल्याे टेन्सेन्ट विरुद्ध मुद्दा

बाइटडान्सले हाल्याे टेन्सेन्ट विरुद्ध मुद्दा

चीनको दुई ओटा प्रमुख कम्पनीहरु अदालत जाने भएका छन् । टिकटककाे मालिक बाइटडान्सले टेन्सेन्टको विरुद्ध मुद्दा हालेको छ । बाइटडान्सको अनुसार टेन्सेन्टले अविश्वास कानूनलाई तोडेर वीच्याट र क्यूक्यूको कन्टेन्टलाई डुईनबाट पहुँच दिएको थिएन।

वीच्याट र क्यूक्यूको दुई बिलियन मासिक सक्रिय प्रयागकर्ता रहेका छन् । डुईन भनेको टिकटककै चीनकै लागी मात्रै रहेको भर्सन हो । बाइटडान्सले टेन्सेन्टबाट भुक्तानीको रुपमा १४ मिलियन डलर मागेको छ ।

बाइटडान्सले आफ्नो र प्रयोगकर्ताहरुको अधिकार राख्नका लागी केस हालेको बताएको छ । चीनले हालैमा ज्याक माको अलिबाबा गु्प विरुद्ध पनि अविश्वास कानून तोडिएको छ की छैन भन्ने बारे अन्वेषण गरिरहेको छ ।