कीवर्डहरू -

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर माघ २९ गतेसम्म सञ्चालन हुने

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर माघ २९ गतेसम्म सञ्चालन हुने

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक अफर अब माघ २९ गतेसम्म सञ्चालन हुने भएको छ ।

गत फागुन २ गतेदेखि शुरु भएको ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना यही माघ २९ गतेसम्म सञ्चालन हुने भएको हो ।

यस योजना अन्तर्गत हाल सम्म ८८ जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सकेका छन् भने अन्य बार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् । जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएको डिशहोमले बताएको छ ।

नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यम बाट बार्षिक रिचार्ज गरे बापत साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।

फण्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।