कीवर्डहरू -

ओजी यूजर फोरमसँग सम्बन्धित ४०० इन्स्टाग्राम अकाउन्ट डिलिट

ओजी यूजर फोरमसँग सम्बन्धित ४०० इन्स्टाग्राम अकाउन्ट डिलिट

इन्स्टाग्रामले ओजी यूजर फोरमसँग सम्बन्धित रहेको सयौँ अकाउन्ट डिलिट गरेको छ । यो फोरमले सोसल मिडिया अकाउन्ट चोरेर किन्ने र बेच्ने गर्दछ ।

मदरबोर्डको रिपोर्ट अनुसार फोरमले इन्स्टाग्राम चलाएर अझै पनि यस्तो खालको काम गरेमा कानूनी कार्बाही गर्ने बताएको छ ।

इन्स्टाग्रामले करिब ४०० ओटा प्रमुख अकाउन्टहरु बन्द गरेको छ । ‘ओजी’ प्रयोकर्ताको नाम धेरैजसो सानो र नौलो हुने गर्दछ र यस्तो अकाउनटलाई ओजी यूजर फोरमले हजारौँ डलरमा किन्ने गर्दछ ।

यस्तो अकाउन्टको एउटा उदाहरण भने ‘ट्रस्टेड’ नामको अकाउन्ट हो । यी अकाउन्टहरु मूल्यवान भएकाले ह्याकरहरुले सीम—स्वापीङ आक्रमण प्रयोग गरेर अकाउनट हयाक गरिदिने गर्दछन् । यस्तो खालको अकाउन्टले इन्स्टाग्राम कम्यूनिटीलाई दुःख, उत्पीडन र समस्या सिर्जना गरेको बताएइको छ ।