कीवर्डहरू -

स्न्यापच्याटको स्पटलाईट फिचर सार्वजनिक भएको दुई महिनामा १०० मिलियन प्रयोगकर्ता

स्न्यापच्याटको स्पटलाईट फिचर सार्वजनिक भएको दुई महिनामा १०० मिलियन प्रयोगकर्ता

स्न्यापच्याटको स्पटलाईट फिचर सार्वजनिक भएको दुई महिनामा १०० मिलियन प्रयोगकर्ता पुगेका छन् । कम्पनीले यो कुरा आफ्नो चौथो क्वाटर आयको रिपोर्टमा जनाएको थियो ।

टिकटक जस्तै सुविधा भएको स्पटलाईटले विभिन्न प्रयोगकर्ताहरुको भिडियो पनि फिचर गरिदिने गर्दछ । स्न्यापच्याटको अनुसार प्रयोगकर्ताहरुले एक दिनमा  १ लाख ७५ हजार भिडियो बनाउने गर्दछन् । त्यस्तै एपले हरेक दिन राम्रो भिडियो बनाउनेहरलाई एक मिलियन डलर दिइरहेको छ ।

स्न्यापच्याटले भिडियो बनाउनेहरुलाई कहिले सम्म पैसा दिन्छ भन्ने कुराको निश्चय छैन् । तर पैसा दिएको कारणले यसले अझै धेरै प्रयोगकर्ताहरुलाई स्पटलाईटको प्लेटफर्ममा आर्कषित गरेको छ ।

न्यूयोर्क टाइम्सको अनुसार भर्खरै नाबलिक बच्चाहरले पनि यो पलेटफर्मको मद्दतले लाखौँ डलर कमाइसकेका छन् ।

टिकटकले पनि हालैमा २०० मिलियन डलरको कोष खडा गरेको छ जसबाट क्रियटरले पैसा पाउन सक्छन् । स्न्यापच्याटको एपमा पनि १५ मिलियन नयाँ प्रयोगकर्ताहरु थपिएका छन् ।