कीवर्डहरू -

हिमालयन बैंकको मोबाइल बैंकिङबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्न सकिने

हिमालयन बैंकको मोबाइल बैंकिङबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्न सकिने

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था २०७७ साल माघ १९ बाट सुचारु गरेको छ ।

उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाइल बैंकिङ्गको एनपीआईमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिले देखि नै आफ्नो मोबाइल बैंकिङ्ग च्यानलबाट कनेक्ट आईपीएसमार्फत रियल टाइम अनलाइन फन्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब एनपीआईमार्फत मोबाइल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रक्रियामा ग्राहक एवं सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे जनाएको छ ।

ग्राहकहरुले सम्बन्धित राजस्वको ईबीपी नम्बरका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम एनपीआईमार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ ।

अब अनलाइनमार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आईपीएसको मोबाइल बैंकिङ्ग एप सहित हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एपबाट पनि गर्न सकिने छ ।