कीवर्डहरू -

सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।

अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएकोरबिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरुले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

कार्ड तयार भइसके पश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएसमार्फत अनुरोध गर्ने छ । ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सकिने बैंकले जनाएको छ ।