कीवर्डहरू -

फागुन १ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं, सहभागीले निःशुल्क इन्ट्रान्स तयारी बुक पाउने

फागुन १ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं, सहभागीले निःशुल्क इन्ट्रान्स तयारी बुक पाउने

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी एशोसिएसन अफ नेपालले ‘आइटी करियर कन्क्लेभ’ आयोजना गर्ने भएको छ ।

ब्याचलरमा आइटी पढ्न चाहने प्लस टु पास भएका विद्यार्थीहरुलाई लक्षित गरी सीएसआईटी एशोसिएसन अफ नेपालले आइटी करियर कन्क्लेभ आयोजना गरेको हो ।

आइटी करियर कन्क्लेभ आगामी फागुन १ गते आयोजना हुनेछ । कन्क्लेभमा फरक फरक क्षेत्रका आइटी प्रोफेसनल्सहरुले आइटी पढ्न चाहने विद्यार्थीहरुलाई आइटी सम्बन्धि जानकारी दिनेछन् ।

उक्त कन्क्लेभमा प्यानल डिस्कसन समेत हुनेछ । जहाँ विद्यार्थीहरुले प्रश्न राख्न सक्ने छन् भने प्रविधिका विभिन्न क्षेत्रहरुको बारेमा पनि अधिक जानकारी लिन सक्ने छन् ।

सीएसआईटी एशोसिएसन अफ नेपालले आगामी फागुन १ गते आयोजना गरेको आइटी करियर कन्क्लेभमा सहभागी हुन् यहाँ क्लिक गरी रजिष्ट्रेसन गर्नुहोस् । साथै कन्क्लेभमा सहभागी प्लस टु पास भएका विद्यार्थीहरुले इन्ट्रान्स तयारी किताब समेत निःशुल्क पाउने छन् ।