कीवर्डहरू -

एज ब्राउजरको पुरानो भर्सनलाई हटाउँदै माइक्रोसफ्ट

एज ब्राउजरको पुरानो भर्सनलाई हटाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले एज ब्राउजरको पुरानो भर्सनलाई  हटाउने भएकाे छ । माइक्रोसफ्टका अनुसार अप्रिल १३ मा विन्डोज टेनको नयाँ अपडेट आउनेछ र विन्डोज टेनबाट माइक्रोसफ्ट एजको पुरानो भर्सनलाई हटाइनेछ ।

माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ब्राउजर हटाउन एक दशक लगाएको थियो भने एज ब्राउजरको पुरानो भर्सन हटाउन खासै समय नलिने भएको छ । त्यसैगरी यसले क्रोमियममा आधारित भर्सन पनि इन्स्टल गरिदिने भएको छ ।

माइक्रोसफ्ट एज ब्राउजरमा कम्पनीले आफ्नै एज एचटीएमएल रेन्डरीङ इन्जिन प्रयोग गर्ने गर्दछ । सन् २०१९ मा कम्पनीले ब्राउजरलाई  क्रोमियम सफ्टवेयर प्रयोग गरेर पुनः निर्माण गर्न सुरु गरेको थियो ।

यदी तपाईको कम्प्युटरमा पहिले देखिनै क्रोमियम भर्सनको एज इन्स्टल भएमा माइक्रोसफ्टले लेगेसी भर्सनलाई मात्रै हटाउनेछ ।