कीवर्डहरू -

६ हजार एमएएच ब्याट्री भएको सामसङको ग्यालेक्सी एम १२ सार्वजनिक

६ हजार एमएएच ब्याट्री भएको सामसङको ग्यालेक्सी एम १२ सार्वजनिक

सामसङले ६ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी एम १२ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी एम १२ सर्वप्रथम भियतनाममा सार्वजनिक गरेको हो । यो एचडी प्लस डिस्प्लेका साथमा आउँछ ।

यसमा सामसङको आफ्नै अक्टा कोर एक्सीनोस ८५० प्रोसेसर राखिएको छ । यो एन्ड्रोइड ११ अपरेटिङ सिस्टमले चल्ने गर्दछ । कम्पनीले यो फोनको मूल्य र विस्तृत जानकारी भने अहिले सम्म दिएको छैन् ।

यो फोन तीन ओटा भिन्दाभिन्दै रङ्गमा आउने बताइएको छ । ग्यालेक्सी एम १२ मा ३ जीबी, ४ जीबी र ६ जीबी र्याम रहेको छ  भने ३२ जीबी, ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेजका साथमा आउने गर्दछ ।

इन्टर्नल स्टोरेजलाई माइक्रो एसडी कार्ड राखेर १ टेराबाइट सम्म विस्तार गर्न सकिने छ । ग्यालेक्सी एम १२ मा ६.५ इन्चको एचडी प्लस इनफीनीटी भी डिस्प्ले रहेको छ । यसमा फिङ्गरप्रिन्ट सेन्सर र डुअल सीम सपोर्ट रहेको छ ।

यसमा क्वाड रियर क्यामेरा छ जुन भने ४८ मेगापिक्सेल सेन्सर क्यामेरा हो । त्यस्तै ५ एमपी अल्ट्रा वाइड क्यामेरा र २ एमपीको डेप्थ क्यामेरा रहेको छ ।

फोनमा ८ मेगाापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । त्यसैगरी ग्यालेक्सी एम १२ मा १५ वाटको फास्ट चार्जिङ सपोर्टको सुविधा रहेको छ ।