कीवर्डहरू -

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अब अनलाइनबाटै भर्ना गर्न सकिने (भिडियो सहित)

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अब अनलाइनबाटै भर्ना गर्न सकिने (भिडियो सहित)

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा संचालित विभिन्न कार्यक्रमहरुका लागि भर्ना खुल्ला गरेको छ ।

विश्वविद्यालयले प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ भने भर्ना प्रवेश परिक्षाका लागि आवेदन खुल्ला गरेको छ ।

उक्त कार्यक्रमहरुमा भर्ना गर्न प्रवेश परिक्षाका लागि आवेदन फारम अनलाइन मार्फत सबै क्याम्पस र कार्यक्रमहरुका लागि विद्यार्थी आफैले घर बाटै भर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त आवेदन फारम www.entrance.mu.edu.np मा गई अनलाइन मार्फत भर्न सकिने छ ।

अनलाइन आवेदन फारम कसरी भर्ने, फारम भर्दा के-के कुरामा ध्यान दिने, एडमिट कार्ड कसरी प्राप्त गर्ने, कुन कुन बिषयमा भर्ना लिन सकिन्छ, सम्बन्धित क्याम्पसको सम्पर्क तथा ठेगाना लगायत आवश्यक जानकारी र तरिका थाहा पाउन तलको भिडियो हेर्नुहोस् ।