कीवर्डहरू -

वानप्लस नर्डमा आयो सफ्टवेयर अपडेट, डिस्प्ले, क्यामेरा र सफ्टवेयर देखिएका समस्या समाधान हुने

वानप्लस नर्डमा आयो सफ्टवेयर अपडेट, डिस्प्ले, क्यामेरा र सफ्टवेयर देखिएका समस्या समाधान हुने

वानप्लसले वानप्लस नर्ड स्मार्टफोनमा आएको सफ्टवेयरको समस्या ठिक गर्न बेटा अपडेट ल्याएको छ । अहिले यो अपडेट बेटा भर्सनमा नै भएकाले कम्पनीले यसमा अझै परिमार्जनहरु गर्न सक्ने छ ।

यो अपडेटलाई अक्सीजेन ओएस बेटा थ्री नाम दिइएको छ । यो अपडेटले बगहरुलाई ठिक गर्ने देखि लिएर डिस्प्ले, क्यामेरा र अरु सामान्य सफ्टवेयर अस्थीर हुने समस्यालाई ठिक गर्ने छ ।

तर अपडेट बेटा भर्सनमै रहेकाले, डाउनलोड गर्नु अघि सबै सिस्टमलाई ब्याकअप गरेमा ठिक हुन्छ । पहिले लक स्क्रीनमा डाइल आइकन ओभरल्याप हुने गर्दथ्यो तर अब भने यो समस्या हुदैन् ।

त्यस्तै डार्क मोड मै रहेता पनि नोटिफिकेसन बारमा सेतो खाली ठाँउ देखिने गर्दथ्यो जसलाई यो बेटा अपडेटले समाधान गरेको छ । चाँडै क्यामेरा अन नहुने समस्या पनि अब हुँदैन् ।

फ्रन्ट क्यामेराले रेकर्ड गरेको भिडियोलाई प्ले गर्न नमिलेकाले बगलाई अक्सीजेन ओएस बेटा थ्रीको प्रयोगले ठिक गरिएको छ । अर्लाम राख्न नमिल्ने समस्यालाई पनि कम्पनीले समाधान गरेको छ ।