कीवर्डहरू -

अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई गूगलले पैसा दिन थाल्यो 

अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई गूगलले पैसा दिन थाल्यो 

गूगलले अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई पैसा तिर्न थालेको छ । क्यानबेराले कानूनी प्रक्रियामा गएर यस्तो सम्भव गराएको हो ।

यो गत जुन देखि नै लागु हुने कुरा थियो तर क्यानबेराले यसलाई कानूनी आवश्यकता बनाएकाले केही ढिला भएको हो ।अष्ट्रेलियाको राजधानीले गूगल र फेसबुकलाई अष्ट्रेलियाको हरेक एक कन्टेन्टको पैसा तिर्नुपर्ने माग गरेको छ ।

गूगल यो कुरामा पूर्ण रुपले सहमति देखिएको छैन् र यस्तो नियम कार्यान्वयन भएमा अष्ट्रेलियाबाट पूर्ण रुपले हट्नु पर्ने कम्पनीको भनाइ रहेको छ ।

अहिलेका लागी भने गूगलले सात समाचार दिने प्लेटफर्महरुलाई पैसा तिर्ने भएको छ । क्यानबेराले अघि सारेको कानूनी विधान अनुसार गूगलले सर्च रिजल्ट र न्यूज फिडमा आउने कन्टेन्टका लागी पनि पैसा तिर्नु पर्ने हुन्छ ।

गूगलले अझै अष्ट्रेलियाको प्रकाशकहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ । गत महिना रोयटर्सले गूगलसँग पहिलो विश्वव्यापी समाचार प्रदायक बन्ने सम्झौता गरेको जानकारी दिएको थियो ।