कीवर्डहरू -

म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएसँगै ट्वीटरका प्रयोगकर्ता बढे 

म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएसँगै ट्वीटरका प्रयोगकर्ता बढे 

म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएदेखि धेरै प्रयोगकर्ताहरुले ट्वीटर प्रयोग गर्न थालेका छन् ।

रोयटर्सको रिपोर्ट अनुसार प्रयोगकर्ताहरुले ट्वीटरमा प्रो डेमोक्रेसी ह्यासट्याग र आर्मीले देशको सत्ता लिएको विरुद्ध आवाज उठाउनका लागी यो प्लेटफर्ममा आएको जनाएका छन् ।

त्यस्तै ट्वीटरको मद्दतले चुनावको परिणामलाई पनि सम्मान गर्नका लागी त्यहाँको जनताले आह्वान गरिरहेका छन् ।

ह्यासट्यागमा रेस्पेक्ट आवर भोट्स, हियर द भोइस अफ म्यानम्यार, सेभ म्यानम्यार जस्ता वाक्यांशहरु प्रयोग भइरहेका छन् । यही सबै ह्यासट्यागमा ट्वीटरमा हजारौँ अन्र्तक्रियाहरु भइरहेका थिए ।

म्यानम्यारले फेसबुकले देशमा अराजक्ता फैलाएको भन्दै फेब्रुअरी ७ सम्मका लागी प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धको घोषणा आएपछि पनि कार्यान्वयन गर्न केही समय लागीरहँदा प्रयोगकर्ताहरुले ट्वीटर अकाउन्ट बनाएर आफ्नो अकाउन्ट फेसबुक मार्फत आदानप्रदान गरेका थिए जसले गर्दा एक अर्कालाई फलो गर्न सजिलो भएको थियो ।

रोयटर्सले रिभ्यू गरेको १५०० नयाँ अकाउन्टहरुमा सबै जसोले म्यानम्यारको ह्यासट्याग प्रयोग गरेका थिए ।  शुक्रबार सम्ममा ट्वीटर एप्पल र गूगल एप स्टोरमा शीर्ष पाँचको स्थानमा आइसकेको थियो ।