कीवर्डहरू -

आविष्कार केन्द्रले अब अनलाइनबाटै कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट उपलब्ध गराउने

आविष्कार केन्द्रले अब अनलाइनबाटै कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट उपलब्ध गराउने

राष्ट्रिय आविष्कार केन्द्रले अब कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट दिने भएको छ । केन्द्रले अनलाइनबाटै कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट उपलब्ध गराउने भएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनका अनुसार यदी तपाईले घरमा ट्याबलेट र कम्प्युटर चलाउनुहुन्छ र त्यसको मेन्टेनेन्स आउँदैन् भने आविष्कार केन्द्रले अनलाइनबाटै सहयोग गर्नेछ ।

कम्प्युटर ह्याक हुनबाट बचाउन र सफ्टवेयर मेन्टेनेन्स गरी सुरक्षित राख्न यो सेवा लिन सकिने महावीर पुनले जानकारी दिएका छन् ।

‘यो सपोर्ट सर्भिस बेलायतमा बसोबास गर्ने हरि कृष्ण न्यौपानेले टेक्नोफेरी भन्ने कम्पनी खोलेर धेरै समय सम्म चलाएका रहेछन् ।  सोही काम उनले अब राष्ट्रिय आविष्कार केन्द्रलाई सिकाउन र  सुम्पन लागेका  हुन्’ पुनले भने ।

बिदेशमा बस्नु हुने नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्र बाट आफ्नो घरको कम्प्युटर र ट्याब्लेट को IT Support Service लिन...

Posted by Mahabir Pun on Monday, 8 February 2021

पुनले अगाडी भने, ‘उनको कम्पनीको  माध्यमबाट सर्भिस नेपालबाट नै दिने हो र सो  सर्भिस दिए बापतको सम्पूर्ण सर्भिस शुल्क राष्ट्रिय  आविष्कार केन्द्रलाई आउने हो ।  राष्ट्रिय आविष्कार केन्द्रले सोहि शुल्क प्रयोग गरेर नेपालमा एउटा सपोर्ट टीम बनाउनेछ र सपोर्ट दिने छ ।’

अनलाइन आईटी सपोर्ट लिन यहाँ क्लिक गरी फारम भर्नुहोस् । तपाईले फारम भरेपछि आविष्कार केन्द्रले सम्पर्क गर्नेछ । सो फारममा कस्ता कस्ता सर्भिसहरु उपलब्ध हुने र बार्षिक शुल्क कति लाग्छ भन्ने कुराको जानकारी समेत दिइएको छ ।

‘तपाईले यो सेवा लिनु भयो भने नेपालमा केही रोजगारीको सिर्जना हुने छ’ पुनले भने, ‘सस्तोमा सेवा पनि पाइने छ र राष्ट्रिय आविष्कार केन्द्रलाई पनि केही आम्दानी हुनेछ ।’