कीवर्डहरू -

नेसनल जियोग्राफिकको वृतचित्रमा नेपाली युवाको कथा

नेसनल जियोग्राफिकको वृतचित्रमा नेपाली युवाको कथा

विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जियोग्राफिक डकुमेन्ट्री फिल्म्‌सले निर्माण गरेको वृतचित्र ‘ओन दी रूम’ मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ ।

पाण्डे नेपालमा पहिलोपटक सरप्राइज प्लानिङ तथा गिफ्टिङ सेवा भित्र्याउने कम्पनी अपरिङ ह्यापिनेस प्रालिका सह संस्थापक हुन् । सो कम्पनीले आफ्नो वेबसाइट मार्फत विगत ४ वर्ष देखि देश विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच गिफ्ट तथा सरप्राइज आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ ।

एमी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टरद्वारा निर्देशित सो वृतचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो । अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनरसीप अवार्डमा फाइनलका लागि प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतिस्पर्धीहरु मध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा डिज्नी प्लसमा सार्वजनिक हुने छ ।