कीवर्डहरू -

कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदिन विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्दै फेसबुक

कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदिन विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्दै फेसबुक

विश्व स्वास्थ्य संगठनको सहकार्यमा फेसबुकले कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदिन काम सुरु गरेको छ ।

फेसबुकमा फैलिइरहेको गलत जानकारी मध्य केहीले विशेष आकर्षण पाइरहेका छन् । जसमा कोरोना मान्छेले बनाएको हो र खोप लगाउनु भन्दा रोग लाग्नुनै सुरक्षित रहेको अफवाहहरु विशेष गरी रहेका छन् ।

फेसबुकले खोप हानीकारक रहेको या खोपले अट्जिम गराउन सक्ने जस्ता गलत जानकारीहरुलाई पनि डिलिट गरिदिने भएको छ ।

फेसबुकले नियमावली नमान्ने पेज, ग्रुप या अकाउन्टहरुमा सर्वप्रथम कानूनी कार्वाही गर्नेछ । धेरै पल्ट गलत जनाकारी फैलाउनेहरुलाई फेसबुकले विशेष ध्यान दिइरहने पनि जनाएको छ ।

त्यसैगरी पेजहरुमा पनि मोडरेटरले बुझेर मात्रै पोष्टहरु अप्रुभ गर्नुपर्ने फेसबुकले जनाएको छ ।

गलत जानकारीलाई फेसबुकले लेबल गर्न पनि सुरु गर्ने जनाएको छ । यो सबै नयाँ नीतिले कोरोनाको गलत जानकारी फैलिन नदिनका लागी मद्दत पु¥याउने फेसबुकको विश्वास रहेको छ ।

फेसबुकले आगामी दिनमा गलत जानकारी फैलिन नदिन अरु प्रयासहरु पनि गर्ने बताएको छ ।
फेसबुकले यो हप्ता देखि कोभिड १९ सूचना केन्द्र पनि बनाउन लागेको छ जहाँबाट स्थानिय स्वास्थ्य केन्द्रहरुको बारेमा जानकारी लिन सकिनेछ । यसले रोगको बारेमा सही जानकारी दिने कम्पनीको विश्वास रहेको छ ।