कीवर्डहरू -

टेस्लाले खरिद गर्याे १.५ बिलियन डलर बिटकोइन, बिटकोइन प्रयोग गरेरै गाडी खरिद गर्न सकिने

टेस्लाले खरिद गर्याे १.५ बिलियन डलर बिटकोइन, बिटकोइन प्रयोग गरेरै गाडी खरिद गर्न सकिने

टेस्लाले १.५ बिलियन अमेरिकी डलर बिटकोइन खरिद गरेको छ । चाँडैनै कम्पनीले ग्राहकको भुक्तानी पनि बिटकोइन मार्फत नै लिने बताएको छ ।

कम्पनीले डिजिटल युगको फाइदाहरुमा एक बिटकोइन पनि पर्ने भएकाले यस्तो गरेको हो ।

टेस्लाका मालिक इलन मस्कले पहिले देखि नै क्रिप्टोकरेन्सीलाई एकदमै मनपराउने गर्दछन् जसले गर्दा पनि कम्पनीले बिटकोइन किन्ने निर्णय गरेको अनुमान लगाउन सकिन्छ ।

टेस्ला पहिलो ठूलो कार निर्माता कम्पनी हो जसले कार विक्रिमा बिटकोइनको प्रयोग गर्न दिने भएको छ । तर कम्पनीले कुनकुन प्रोडक्टमा बिटकोइन प्रयोग गर्न दिन्छ भन्ने बारे खुलाएको छैन् ।

टेस्लाले बिटकोइन खरिद गरेसँगै बिटकोइनको मूल्य ४४ हजार डलर पुगेको छ ।  टेस्लाले किनेको १.५ बिलियन बिटकोइन भनेको रकममा १९.४ बिलियन डलर क्यास हो ।

तर बिटकोइनको मूल्य घटेमा रकममा घाटापनि लाग्न सक्छ । कार निर्माता कम्पनीले बिटकोइनको भविष्य सुनौलो रहने आश गरेको देख्न सकिन्छ ।