कीवर्डहरू -

एनआईसी एशियाको नयाँ योजना, तारे होटलमा भ्यालेनटाइन डेको दिन डिनर गर्ने अवसर

एनआईसी एशियाको नयाँ  योजना, तारे होटलमा भ्यालेनटाइन डेको दिन डिनर गर्ने अवसर

एन आई सी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्क’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअनुसार बैङ्कले लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आईजीपी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्नेछ ।

जसअन्तर्गत डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डेको दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पीओएसद्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत डिनरको लागि समावेश गरिने बैङ्कले जनाएको छ ।

योजना अवधिभर ५ सयभन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिने बैङ्कले जनाएको छ । साथै सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ ।

काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट हुनका लागि पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिने बैङ्कले जनाएको छ ।

४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १÷१ जनालाई बैङ्कले थप आकर्षक उपहारको व्यवस्था पनि मिलाएको बताएको छ ।

त्यसैगरी, नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम सय जनालाई बैंकले सयको मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ ।

यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैङ्कको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश नगरिएको बैङ्कले जनाएको छ । यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैङ्कको छ ।