कीवर्डहरू -

एप्पलले यी म्याकबुक मोडेलमा दिदै छ निःशुल्क ब्याट्री रिपलेसमेन्ट सुविधा

एप्पलले यी म्याकबुक मोडेलमा दिदै छ निःशुल्क ब्याट्री रिपलेसमेन्ट सुविधा

एप्पलले म्याकबुकको केही मोडेलहरुका लागी निःशुल्क ब्याट्री परिवर्तन गरिदिने भएको छ । एप्पलको सपोर्ट पेजमा रहेको पोष्ट अनुसार सन् २०१६ र २०१७ का केही म्याकबुक प्रो कम्पयुटरमा १ प्रतिशत भन्दा माथि चार्ज हुदैन थियो ।

त्यही समस्यालाई मध्यनजर गर्दै एप्पलले ब्याट्री फेरिदिने निर्णय गरेको हो । सन् २०१६ र २०१७ का म्याकबुकको मोडेलले ब्याट्रीको कुनै पनि समस्या देखाएमा एप्पलले निःशुल्क ब्याट्री फेरिदिन्छ । तर ब्याट्री फेर्नुपूर्व एप्पलले राम्ररी एकचोटि परिक्षण गरेर हेर्नेछ ।

यो कुरा विश्वव्यापी रुपमा नै लागु हुनेछ । ब्याट्री रिपलेसमेन्टका लागी योग्य छ की छैन् भनेर प्रयोगकर्ताले आफै पनि थाहापाउन सक्छन् । कम्पनीका अनुसार यदि ब्याट्रीमा समस्या आएमा ब्याट्रीको हेल्थ स्ट्याटसमा गएर जाँच गर्दा ‘सर्भिस रिकमेन्डेड’ भन्ने म्यासेज देखाउँछ ।

यदि तपाईंको ब्याट्रीमा कुनै समस्या छैन भने ‘योर ब्याट्री इज नर्मल’ भन्ने सन्देश देखाउँछ । समस्या भएमा कम्पनीले तपाईंका लागि उपयुक्त पर्ने स्थानमा गएर ब्याट्री परिवर्तन गर्न सुझाव दिने बताएको छ  ।

यो भन्दा अघि कम्पनीले २०१६ र २०१७ को म्याकबुक मोडेलका लागी म्याकओएस अपडेट पनि ल्याएको थियो । एप्पलले सोही अपडेट हालेर नै ठिक हुन्छ की हुदैन भनेर पनि जाँच्नका लागी सुझाव दिएको छ ।