क्वालकमले विश्वकै पहिलो १० गिगाबाइटको ५ जी मोडेम सार्वजनिक गरेको छ । मोडेमको नाम एक्स ६५ रहेको छ । यसले इथरनेट र अरु तार वाला कनेक्सन जतिकै स्पीड दिने गर्दछ ।
यसमा राम्रो हयाण्ड ग्रीपको लागी एआईमा आधारित आन्टीना पनि रहेको छ । यसमा ऊर्जा खपतलाई नियन्त्रण गर्नका लागी स्मार्ट ट्रान्समिट सिस्टम पनि रहेको छ । यसलाई सुरुमै धेरै फोनहरुमा प्रयोग गरिदैन् किनभने यसले धेरै ब्याट्री र स्पेस लिन सक्छ ।
यो नयाँ प्रोसेसर राम्रो भएता पनि एनड्रोइड फोनहरुमा स्नयापड्रागन ८८८ नै प्रयोग गरिने अनुमान लगाइएको छ । यसलाई विशेष गरी ल्यापटपमा नै प्रयोग गरिने अनुमान लगाइएको छ । क्वालकमका लागी यो मोडेम ठूलै उपलब्धि हो ।