कीवर्डहरू -

वानप्लसका पूर्व सह संस्थापकको ‘नथीङ’ ब्राण्डले चाँडैनै वायरलेस ईयरफोन सार्वजनिक गर्ने

वानप्लसका पूर्व सह संस्थापकको ‘नथीङ’ ब्राण्डले चाँडैनै वायरलेस ईयरफोन सार्वजनिक गर्ने

वानप्लसका पूर्व सह संस्थापक कार्ल पेईको नयाँँ स्र्टाटअप ‘नथीङ’ ले चाँडैनै वायरलेस ईयरफोन निकाल्ने भएको छ । यो सन् २०२१ को पछि तिर आउने छ ।

नथीङलाई गूगल भेन्चरले १५ मिलियन डलरको लगानी गरिरहेको छ । पेइले वायरलेस ईयरफोन जस्तो सजिलो प्रोडकटबाट सुरु गरेर जटिल तर्फ जाने लक्ष्य राखेका छन् । कम्पनीले अडियो प्रोडक्ट मात्रै नबनाएर अरु सामाग्रीहरु पनि बनाउने सोचेको छ ।

नथीङको वायरलेस ईयरफोनले वानप्लस बडससँग प्रतिस्पर्धा गर्ने देखिएको छ । नथीङले कार्ल पेईको निर्देशनमा भविष्यमा एकदमै राम्रो गर्छ भन्ने गूगल भेन्चरले आशा गरेको छ । नथीङमा एप्पलका पूर्व एक्जीस्क्युटिभ टोनी फाडेल, युटयुबर कासेई नेइस्टाट, रेडइटका सीईओ स्टीभ हफम्यान र टवीचका कोफाउण्डर केभिन लिन रहेका छन् ।