कीवर्डहरू -

युट्युबको गोपनीयता नीति सार्वजनिक

युट्युबको गोपनीयता नीति सार्वजनिक

गूगलले बल्ल युट्युबको गोपनीयता नीति सार्वजनिक गरेको छ । एप्पलले पनि डिसेम्बर देखि सबै आईओएस एपमा प्राइभेसी लेबल अनिवार्य बनाएको थियो ।

तर गूगलले अहिले सम्म पनि एपहरुले प्रयोगकर्ताहरुको कुन कुन जानकारी स्टोर गर्ने गर्दछ र त्यसको कसरी प्रयोग गर्छ भनेर विवरण दिएको छैन् ।

गूगलले अहिले सम्म पनि आईओएसमा गूगल फोटो, ड्राइभ, जीमेल एप, गूगल म्याप जस्ता एपहरुमा प्राइभेसी लेबल राखेको छैन् । हालैमा आएर मात्रै गूगलले युट्युबमा प्राइभेसी लेबल राखेको हो ।

आईओएसमा गूगलले स्टाडिया, गूगल ट्रान्सलेट, गूगल अथेन्टिकेटर, वीयर ओएस, गूगल प्ले मूभिज जस्ता एपहरुमा प्राइभेसी लेबल राखिसकेको छ ।

युट्युबले प्रयोगकर्ताहरुलाई ट्रयाक गर्नका लागी डेटा स्टोर गर्ने जनाएको छ । यसमा सम्पर्क विवरण, ठेगाना, ईमेल एड्रेस, यूजर आइडी, डिभाइस आइडी जस्ता जानकारी पर्ने गर्दछन् ।

त्यस्तै अरु युट्युबले राखेको डेटामा सर्च हिस्ट्री, ब्राउजिङ हिस्ट्री जस्ता पक्षहरु पर्ने गर्दछन् ।

त्यस्तै गूगलले एनालाइटीक, प्रोडक्ट पर्सनललाइजेसन र एप चल्नका लागी पनि केही विवरणहरु स्टोर गर्ने जानकारी दिएको छ ।