मास्टरकार्डले यो वर्ष देखि केही क्रिप्टोकरेन्सीहरुलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्ने भएको छ ।
केही दिन अघि मात्रै एलन मस्कको कम्पनी टेस्लाले १.५ बिलियन डलर बिटकोइन खरिद गरेपछि मास्टरकार्डले यस्तो घोषणा गरेको हो ।
ब्ल्याक रक, स्क्वार र पेपाल जस्ता भुक्तानी कम्पनीहरुले पनि हालैमा क्रिप्टोकरेन्सीहरुलाई आधिकारिक मान्न थालेका छन् ।
मास्टरकार्डले पहिलेपनि कस्टुमर कार्डमा क्रिप्टोकरेन्सी प्रयोग गरेर ट्रान्ज्याकसन गर्न दिने गर्दथ्यो । तर यसमा नेटवर्कको प्रयोग भने अब मात्रै हुनेछ । मास्टरकार्डको अनुसार यस्तो गर्दा खरिदकर्ता र विक्रेताले नयाँ तरिकाबाट किनमेल गर्न सक्नेछन् ।
तर मास्टरकार्डले सबै क्रिप्टोकरेन्सीलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्दैन् । क्रिप्टोकरेन्सीलाई अझै पनि पूर्ण रुपमा सबैले विश्वास गर्न सकेका छैनन् । यसमा पैसा मासिन सक्छ भन्ने डर धेरै जनामा रहेको छ ।