कीवर्डहरू -

विश्वव्यापी चीप अभावलाई समाधान गर्न बाइडेन प्रशासनले कार्यकारी आदेश जारी गर्ने

विश्वव्यापी चीप अभावलाई समाधान गर्न बाइडेन प्रशासनले कार्यकारी आदेश जारी गर्ने

जो बाइडेन प्रशासनले विश्वव्यापी चीप अभावलाई समाधान गर्न कार्यकारी आदेश जारी गर्ने भएको छ ।

चीपको अभावले अटो इन्डस्ट्रीलाई एकदमै प्रभाव पारेको छ । चीपको अभाव हुँदा आउँदा दिनमा गेमिङ कन्सोल बनाउन पनि समस्या आउन सक्ने बताइएको छ ।

बाइडेन प्रशासनले चीप अभावलाई मध्यनजर गर्दै महत्वपूर्ण सामाग्रीहरुको आपूर्ति श्रृङ्खला समीक्षा गरेर त्यसको मूल्याकंन पनि गर्ने भएको छ ।

आपूर्ति श्रृङ्खलमा के कस्ता समस्याहरु छन् भन्ने कुरामा पनि अनुसन्धान गरिने भएको छ ।

सीएनबीसीको रिपोर्ट अनुसार भविष्यमा गएर ह्वाइट हाउसले अमेरिकामा नै चीप निर्माण प्रक्रिया पनि सुरु गर्न सक्ने छ ।

इन्टेल र क्वालकम जस्ता चीपनिर्माता कम्पनीहरुले बाइडेन प्रशासनलाई चीप बनाउने प्रोजेक्टहरुमा लगानी गर्न पनि माग गरेका छन् ।