कीवर्डहरू -

एआई मार्फत उत्पीडन र शोषण गर्ने खालको कन्टेन्टलाई पत्ता लगाउँदै फेसबुक

एआई मार्फत उत्पीडन र शोषण गर्ने खालको कन्टेन्टलाई पत्ता लगाउँदै फेसबुक

फेसबुकले एआईको प्रयोग गरेर आफ्नो प्लेटफर्ममा हुने उत्पीडन र शोषण गर्ने खालको कन्टेन्टलाई पत्ता लगाउन थालेको छ ।

कम्पनीले अक्टोबर र डिसेम्बरमा नियम नमानेको थुप्रै पोष्टहरुलाई डिलिट गरिदिएको थियो ।

गत सालको चौथो क्वाटरमा कम्पनीले करिब ६.३ मिलियन पोष्टहरु डिलिट गरेको थियो । तेस्रो क्वाटरमा कम्पनीले ३.५ मिलियन पोष्टहरु डिलिट गरेको थियो ।

त्यस्तै इन्स्टाग्राममा पनि कम्पनीले तेस्रो क्वाटरमा २.६ मिलियन पोष्ट डिलिट गरेको थियो र यो शङ्ख्या पछि गएर ५ मिलियन पुगेको छ ।

फेसबुकमा उत्पीडन गर्ने खालको पोष्ट भेटाउने दर २६ प्रतिशत देखि ४९ प्रतिशत पुगेको छ । फेसबुकले यसको सम्पूर्ण श्रेय एआई डिटेक्सन टूललाई नै दिएको छ ।

फेसबुकका अनुसार एआईले मीममा के प्रसंग रहेको छ भनेर पनि छुट्याउन सक्छ ।

फेसबुकले हेट स्पीच रहेको पोष्टहरुलाई पनि डिलिट गर्ने गर्दछ । कम्पनीले गत साल २६.९ मिलियन कन्टेन्ट र इन्स्टाग्रामले ६.६ मिलियन कन्टेन्ट डिलिट गरेको थियो ।

कम्पनीले महामारीको समयमा कर्मचारीलाई काम गराउनुको साटो एआई टूलमै बढि भर परेको पनि बताएको छ । खोप सर्वाेपरि उपलब्ध नभएसम्म कम्पनीले पोष्ट रिभ्यू गर्न एआई कै भर पर्ने जनाएको छ ।