कीवर्डहरू -

भ्यालेनटाइन लक्षित रियलमीका गिफ्ट आइटम

भ्यालेनटाइन लक्षित रियलमीका गिफ्ट आइटम

प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’ मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् ।

यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमातीव्र गतिमा आफ्नो बलियो सञ्जालबनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ ।

रियलमीएआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइल फोन सँग लिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ ।

रियलमी ब्यान्ड

\"\"

हरेक व्यक्ति शारिरीक रुपमा फिट रहन चाहन्छन् । अन्य व्यक्तिलाई आकर्षण गर्न व्यक्तिको शारिरीक पर्फमेन्स पनि उत्तिकै महत्वपूर्ण हुन्छ । रियलमी आफ्ना ग्राहकलाई फिट देखाउनका लागि सदा तत्पर छ ।

रियलमीको यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ ।

यस्तै आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्राण्ड पानी, फोहर तथाधूलोमा खसेमा पनि केहीबिग्रिदैन ।

स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतम बोर्डरलेस डिजाइनले सेवाग्राहीलाई  स्टाइलिस समेत बनाउने कम्पनीको दाबी छ । ०.९६ इन्चकलर स्किन रहेको यो ब्यान्ड वातावरण मैत्री पोलिमर सामाग्रीबाट बनेको छ जसको तौल केबल २० ग्राममात्र रहेको छ ।

यसमा ५ युनिक डिस्प्ले रहेको छ । कालो रङको रियलमी ब्याण्डको मूल्य २ हजार ९९९ रुपैयाँ रहेको छ ।

रियलमी बड्स एयर

\"\"

हुनसक्छ तपाईँ कुनै न कुनै समयममा आफ्नो पार्टनरसँग संगीतका कारण जोडिनुभएको छ, हुनसक्छ तपाईँको पार्टनरलाई संगीत मन पर्छ । त्यसो हो भने भने तपाईँ आफैले सेलेक्ट गरेर पठाएको संगीतउत्कृष्ट हुनसक्छ । तर योभन्दा बडिया तपाईँको पार्टनरले पनि तपाईँकै जस्तै अनुभूति गरिरहेको थाहा पाउँदा हुन्छ ।

रियलमी उत्कृष्ट ट्रू वाइरलेस स्टेरियो (टीडब्लूएस)को विशेषता पनि यसमा रहेको छ । रियलमी बड्स एयर केबल ४.३ ग्राम तौलका साथ उपलब्ध रहेको छ ।

एकपटकमा निरन्तर १७ घण्टासम्म प्लेबेक म्युजिकका रुपमा काम गर्न सक्ने क्षमता यसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतका विशेषताहरु यसमा रहेका छन् । सेतो रङको रियलमी बड्स एयरको मूल्य ६ हजार ९९९ रुपैयाँ रहेको छ ।

रियलमी वाच एस

\"\"

‘रियलमी वाच एस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै काम सहित अन्य फिचर्सहरु पनि प्रदान गरेको छ । १.३ इन्च लम्बाईको डिस्प्ले रहेको यस घडीले कोठाभित्र मात्रन भए बाहिरी वातावरणमा पनि सहज तरिकाले हेर्न सकिने सेवादिएको छ । यसको डिस्प्लेमा अमेरिकी ग्लास्मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ ।

आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर देखिदैन । कम्पनीले यस घडीमा १०० भिन्न प्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमा हुने अक्सिजनको मात्रामापन गर्ने भएकाले ग्राहकको स्वास्थ्य निगरानीमा पनि यसले सहयोग पुर्‍याउँछ ।

१६ स्पोर्टस ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान÷योग तथा आरामको तालीका समेतको सुविधा यस घडीमा रहेको छ । रियलमी गुगलसँग घडीलाई लिंक गरेर फोन अनुसारको आफ्नो तालीकासँग जोडेर त्यस अनुसारको समय तालीका यसमा निर्देशित गर्न सकिन्छ ।

फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडीमार्फत जानकारी पाउन सकिने हुँदा खल्तीमा भएको मोबाइलमा आएको एसएमएस, फोन लगायतको जानकारी घडीमार्फत नै लिन सकिन्छ ।

घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्म काम गर्दछ । कालो रङको रियलमी वाच एसको मूल्य ९ हजार ९९९ रुपैयाँ रहेको छ ।