कीवर्डहरू -

अटोमेटेड ड्राइभिङ कार बनाउन माइक्रोसफ्टसँग सहकार्य गर्दै भोल्सवागेन

अटोमेटेड ड्राइभिङ कार बनाउन माइक्रोसफ्टसँग सहकार्य गर्दै भोल्सवागेन

भोल्सवागेन ग्रुपले अटोमेटेड बनाउनका लागी माइक्रोसफ्टसँग सहकार्य गर्ने भएको छ ।

माइक्रोसफ्टसँग सहकार्य गर्दा कार निर्माणको प्रक्रिया अझै चाँडो हुने कम्पनीको विश्वास रहेको छ ।

यो भन्दा अघि पनि कम्पनीले कनेक्टेड कारका लागी क्लाउड कम्प्युटिङ गर्न माइक्रोसफ्टकै सहयोग लिएको थियो ।

भोल्सवागेनले माइक्रोसफ्टको एजुरे क्लाउड कम्प्युटिङलाई स्वत ड्राइभिङ उपकरणसँग मिलाएर अटोमेटेड ड्राइभिङ प्लेटफर्म बनाउने लक्ष्य राखेको छ ।

भोल्सवागेनले डिजिटल मोबिलीटीका लागी नयाँ प्रयत्नहरु गरिरहेको छ । गत साल देखि कम्पनीले कार सफ्टवेयर युनिटको मद्दतले आफ्नै भीडब्लुओएस अपरेटिङ सिस्टम बनाइरहेको छ ।

त्यही पनि कम्पनीले पूर्ण रुपले अटोमेटेड कार बनाउन अझै पनि केही समय लाग्ने अनुमान लगाइएको छ ।

सेल्फ ड्राइभिङ टेक बनाउन धेरै मात्रामा डेटा व्यवस्थापन गर्नुपर्ने हुँदा भोल्सवागेनलाई माइक्रोसफ्टको कम्प्युटेसन, एआई र डेटा व्यवस्थापनमा सहयोग चाहिएको हो ।