कीवर्डहरू -

यी हुन् विश्वका पन्ध्र मोस्ट एडमायर्ड टेक कम्पनी

यी हुन् विश्वका पन्ध्र मोस्ट एडमायर्ड टेक कम्पनी

फर्चुनले हालै विश्वका मोस्ट एडमायर्ड कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।

फर्चुनले रिपोर्ट बनाउँदा ३,८०० कर्पोरेट कार्यकारी, निर्देशक र विश्लेषक सँग मिलेर अनुसन्धान गरेको थियो ।

त्यस मध्ये हामीले शिर्ष पन्ध्र मोस्ट एडमायर्ड कम्पनीहरुको सूची तयार पारेका छौँ ।

एप्पल
फर्चुनको रिपोर्टमा १४ वर्ष देखि निरन्तर सबैभन्दा शीर्ष स्थान भने एप्पलले नै पाएको छ । विश्वमै ग्राहकले सबैभन्दा मन पराएको कम्पनीमा एप्पल पर्ने गर्दछ ।

अमेजन
जेफ बेजोसको कम्पनी अमेजनले यो सूचीमा दोस्रो स्थान हासिल गरेको छ ।

माइक्रोसफ्ट
सत्या नडेलाको निर्देशनमा रहेको कम्पनी माइक्रोसफ्ट तेस्रो स्थानमा परेको छ ।

अल्फाबेट
गूगलको प्यारेन्ट कम्पनी अल्फाबेट भने यो सूचीमा सातौँ स्थानमा परेको छ ।

सेल्सफोर्स
अमेरिकाको टेक कम्पनी सेल्सफोर्स बाह्रौँ स्थानमा रहेको छ ।

असेन्चुअर

असेन्चुअर फर्चुनको विश्वका मोस्ट एडमायर्ड कम्पनीहरुको सूचीमा ३३ औँ स्थानमा रहेको छ ।

एनभीडीया
अमेरिकाको चीप निर्माता कम्पनी एनभीडीया ३७ औँ स्थानमा छ ।

एडोब
एडोब सूचीमा ४० औँ स्थानमा परेको छ ।

आईबीएम
आईबीएम  फर्चुनको सूचीमा ४१ स्थानमा परेको छ ।

सामसङ
दक्षिण कोरियाको टेक जायन्ट ४९ औँ स्थानमा रहेको छ ।

पेपाल
पेपाल पचासऔँ स्थानमा परेको छ ।

एक्टीभीजन
एक्टीभीजन फर्चुनको विश्वका मोस्ट एडमायर्ड कम्पनीहरुको सूचीमा ५३ औँ स्थानमा रहेको छ ।

एडभान्सड माइक्रो डिभाइसेज(एएमडी ५५)
चीप निर्माता कम्पनी एएमडी ५५ औँ स्थानमा रहेको छ ।

अलिबाबा
चीनी टेक जायन्ट कम्पनी अलिबाबा सूचीमा ६१ औँ स्थानमा रहेको छ ।

अमेरिका मोभिल
मेक्सिकोमा रहेको टेलिकम जायन्ट कम्पनी ६४ औँ स्थानमा रहेको छ ।