कीवर्डहरू -

पिक्सेलमा मात्र उपलब्ध फोटो एडिटिङ फिचर अब गूगल फोटोजमा

पिक्सेलमा मात्र उपलब्ध फोटो एडिटिङ फिचर अब गूगल फोटोजमा

गूगलले फोटोज एपमा नयाँ भिडियो एडिटर फिचर ल्याएको छ । यो फिचरले भिडियो एडिट गर्न अझै सजिलो हुनेछ ।

गूगलका अनुसार पिक्सेलमा मात्रै उपलब्ध रहेको थप फोटोे एडिट गर्ने फिचर गूगल वानका सदस्यहरुलाई दिनेछ ।

गूगल फोटोजमा नयाँ भिडियो एडिटिङ फिचर पनि थप्पिएका छन् । जसमा ट्रिम,स्टाबिलाइज, रोटेट, क्रप, एड फिल्टर, ब्राइटनेस,कन्ट्रास्ट, स्याचुरेसन जस्ता फिचरहरु राखिएको छ ।

यो फिचर सर्वप्रथम आइफोन प्रयोगकर्ता र क्रमशः एन्ड्रोइड प्रयोगकर्ताहरुलाई उपलब्ध गराइनेछ ।

गूगलले गूगल वानका सदस्यहरुलाई पिक्सेलमा रहेको केही फोटो एडिटिङ फिचरहरु समेत दिइरहेको छ ।

यसमा पोट्रेट ब्लर, पोट्रेट लाईट जस्ता नयाँ फिचर रहेका छन् । यो फिचरलाई पोट्रेट मोडमा नखिचेको फोटोमा पनि प्रयोग गर्न सकिन्छ ।