कीवर्डहरू -

फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइँदै

फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइँदै

आगामी फ्रेबुअरी २५ अर्थात फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने भएको छ । हरेक वर्ष फ्रेबुअरी २५ मा विश्वभर मनाउँदै आएको डिजिटल लर्निङ डे यस वर्ष पनि नेपालमा मनाइने भएको हो ।

यस वर्ष निमा एजुकेसन फाउन्डेसनको आयोजना तथा सोचवेयर र लिभिङ विथ आइसिटीको सह-आयोजनामा नेपालमा ‘डिजिटल शिक्षाका लागि सँगै’ भन्ने नाराका साथ डिजिटल लर्निङ डे मनाइदै छ ।

नेपालमा डिजिटल लर्निङ सम्बन्धि जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाउदै आएको निमा एकेडेमीकी कार्यक्रम संयोजक नेहा जोशीले बताइन् ।

यस पटकको डिजिटल लर्निङ डेमा ‘पोलिसी र प्लानिङ’ तथा ‘भविष्यको डिजिटल शिक्षा’ विषयमा प्यानल डिस्कसन सेसन समेत आयोजना हुनेछ ।

त्यस्तै फेब्रुअरी २२, २३, २४ मा अनलाइनबाटै वर्कशप आयोजना हुनेछ । जसमा ३ दिनमा ३ फरक फरक वर्कशप आयोजना हुनेछन् । साथै ‘किड्स एण्ड टेक’ विषयमा पनि अनलाइनबाटै किड्स प्यानल डिस्कसन हुनेछ ।

यस वर्षको डिजिटल लर्निङ डेको सपोर्ट पार्टरनमा कारखाना रहेको छ । विश्वभर डिजिटल लर्निङको प्रयोग बढिरहेको बेला नेपालमा पनि यसको प्रयोग हुन थालेको छ । नेपालमा कोरोना महामारीले डिजिटल लर्निङको महत्व झनै बढाइदिएको छ ।

कोरोना महामारीले गर्दा देशभर लकडाउन घोषणा भएपछि नेपालमा शैक्षिक संस्थाहरुले डिजिटल लर्निङलाई अगाल्न थालेका छन् । डिजिटल लर्निङ प्लेटफर्म मार्फत कुनै पनि बेला कुनै पनि ठाउँबाट शिक्षा लिन सकिन्छ ।

सन् २०१२ बाट विश्वभर डिजिटल लर्निङ डे मनाउन थालिएको हो । निमा एजुकेसन फाउन्डेसनले पनि डिजिटल लर्निङको जनचेतना फैलाउन गत दुई वर्ष देखि नेपालमा डिजिटल लर्निङ डे मनाउँदै आएको छ ।