कीवर्डहरू -

आगामी आइफोन अल्वेज अन डिस्पलेका साथ आउन सक्ने, यस्ता छन् अन्य फिचर

आगामी आइफोन अल्वेज अन डिस्पलेका साथ आउन सक्ने, यस्ता छन् अन्य फिचर

एप्पलको आउँदो आइफोन ‘अल्वेज अन डिस्पले’ का साथमा आउन सक्ने भएको छ ।

वीइनबाचको अनुसार सन् २०२१ मा आउने आइफोनमा १२० हर्जको एलटीपीओ डिस्प्ले हुनेछ जसलाई हेर्दा लक स्क्रीनजस्तै देखिन्छ र यसले इन्पुट बिनानै केही विस्तृत जानकारी दिन सक्नेछ ।

यो फिचर केही एन्ड्रोइमा पनि रहेको छ । यसमा सधैँभरी बत्ती बल्छ र यसले ब्याट्रीको चार्ज र घडी देखाउँछ ।

त्यस्तै बार र आइकनको सङ्केतले पनि नोटिफिकेसन आएको जानकारी दिनेछ ।

यसमा केही सुधार गरेर ल्याइएको अल्ट्रा वाइड क्यामेरा पनि रहेको छ जसले कम लाईटमा पनि राम्रो फोटो खिच्न सक्छ ।

त्यस्तै यसमा ग्यालेक्सी एस २१ को जस्तै पोट्रेट भिडियो मोड पनि रहनेछ । यो वर्ष डिजाइनमा भने खासै परिवर्तन नल्याइने नै वीइनबाचले जानकारी दिएको छ ।

यसमा म्यागसेफ भन्ने चुम्बक पनि हुनेछ जसले गर्दा प्रयोगकर्ताले आइफोन निकालिरहेको समयमा वालेट झर्दैन् ।

पहिलेका केही रिपोर्ट अनुसार आइफोनमा फेस आइडीका लागी पनि सानो आकारको नच हुनेछ ।

वीइनबाचको रिपोर्ट जतिनै सहि भएता पनि एप्पलले निर्माणको समयमा फोनमा केही फेरबदल गर्न सक्छ ।

कम्पनीले आइफोन १२ मा छिटो ब्याट्री सकिने डरले १२० हर्जको एलटीपीओ डिस्प्ले प्रयोग गरेको थिएन् ।