कीवर्डहरू -

ह्वावेका सीईओले भने, ‘आइफोन १२ विश्वकै सबैभन्दा राम्रो फाइभजी स्मार्टफोन’

ह्वावेका सीईओले भने, ‘आइफोन १२ विश्वकै सबैभन्दा राम्रो फाइभजी स्मार्टफोन’

ह्वावेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेन जेङ्गफेईले आइफोन १२  सिरीजलाई विश्वकै सबैभन्दा राम्रो फाइभजी स्मार्टफोन भएको बताएका छन् ।

प्रतिद्वन्दी कम्पनीले अर्काे कम्पनीको प्रशंसा गर्नु अप्ठयारो नै देखिन्छ तर रेन जेङ्गफेईले सो गर्न कुनै अप्ठयारो मान्दैनन् । उनले ह्वावेको फाइभ जी उपकरणको जानकारी दिँदा आइफोन १२ को प्रशंसा गरेका थिए ।

उनले आइफोनले एकदमै राम्रो प्रगति गरेको र यसले १.८२ गिगाबाइट पर सेकेण्डको डाउनलोड स्पीड हासिल गर्न सकेको कुरा पनि जानकारी दिएका थिए । यो एकदमै उत्कृष्ट रहेको पनि उनको भनाइ थियो । ह्वावे विश्वकै सबैभन्दा ठूलो नेटवर्क उपकरण विक्रेता हो ।

बर्लिन, मुनिच, मड्रिड, जुरिच, जेनेभा, एम्सटरड्याम, भीइन्ना, बार्सिलोना, सोअल,बैंकक, हङकङ, रियाद जस्ता थुप्रै शहरहरुमा ह्वावेकै मद्दतले फाइभ जी नेटवर्क सेटअप गरिएको थियो ।

यसैमा जोड्दै जेङ्गफेईले एप्पलको यूरोपेली बजारमा रहेको प्रभावले ह्वावेलाई पनि मद्दत पु¥याइरहेको जनाए । यूरोपमा आइफोन १२ को मद्दतले प्रयोगकर्ताहरुले फाइभ जी प्रविधिको पूर्ण रुपमा प्रयोग गर्न सकेको जानकारी दिए ।

विगतमा पनि जेङ्गफेईले एप्पलको सदैव प्रशंसा गरेका छन् र एप्पल आफ्नो गुरु सरह रहेको पनि बताएका छन् ।