कीवर्डहरू -

ह्वावेले गेमिङ ल्यापटप र गेमिङ कन्सोल ल्याउँदै, ल्यापटपमा आफ्नै प्रोसेसर प्रयोग गर्ने 

ह्वावेले गेमिङ ल्यापटप र गेमिङ कन्सोल ल्याउँदै, ल्यापटपमा आफ्नै प्रोसेसर प्रयोग गर्ने 

ह्वावेले गेमिङ ल्यापटप र गेमिङ कन्सोलको निर्माणमा काम गरिरहेको छ । यसले ह्वावेलाई गेमिङ सेक्सनमा एक प्रतिस्पर्धी कम्पनीको रुपमा ठहराउने बताइएको छ ।

कम्पनीको पहिलो मेटस्टेसन कन्सोल तथा प्ले स्टेसन ५ र एक्सबक्स सिरीज एक्स पनि सन् २०२१ को दोस्रो क्वाटरमा सार्वजनिक हुनेछ ।

कम्पनीले पहिले नै गेम सेन्टर लञ्च गरिसकेको छ । यो एन्ड्रोइडका लागी भनेर ह्वावे मिडिया सर्भिसको आधारमा निर्माण गरिएको हो । गेमिङ कन्सोल भन्दा पहिले ह्वावेले गेमिङ ल्यापटप निकाल्ने भएको छ ।

आउँदो गेमिङ ल्यापटपमा कम्पनीले आफ्नै हाईसिलिकन कुनपेङ्ग ९२० चीप प्रयोग गर्ने छ । ह्वावेले यो भन्दा पहिले एउटा गेमिङ ल्यापटप अनर ब्राण्डको नाममा निकालेको थियो । त्यसपछि यो पक्षमा कम्पनीले कुनै पनि काम गरेको थिएन् ।